रुकुम(पूर्व) मा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई लक्षित गरी मूल्यमा आधारित रुपान्तरण सम्बन्धी ५ दिने तालिमको सूरुआत भएको छ । चैत्र १ गतेबाट छिप्रीदहस्थित होटेल लेक सिटीमा तालिम सञ्चालन भइरहेको छ ।
सामुदायिक रुपान्तरण परियोजनाअन्तर्गत यूनाईटमिसन टु नेपाल रुकुमपूर्व कलष्टरको आर्थिक सहयोग तथा साझेदारीमा नेपाल जनजागरण मञ्चको सहजीकरणमा संचालित सामुदायिक रुपान्तरण परियोजना (प्रो एक्ट परीयोजना) तथा भुमे गाँउपालिकाको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
शैक्षिक गुणस्तरमा सुधार गर्न ज्ञान, सिप तथा धारणामा अभिवृद्धि गर्नुको साथै रुपान्तरणका लागि स्व–नेतृत्वविकास, क्रियाकलपामा आधारीत शिक्षण सिकाईमा वृद्धि र सकारात्मक प्रबृत्ति तथा व्यवहारको आवश्यकता र महत्वको वारे स्पष्ट वनाउने मुख्य उद्धेश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिमको सहजिकरण वुद्धिवहादुर खत्रीले गरिरहनुभएको छ । ५ दिने तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले कार्यक्रम निकै प्रभावकारी रहने र यस तालिमपश्चात शैक्षिकगुणस्तर्तामा सुधार हुन सहयोग हुने सुभेक्षा व्यक्तगर्नु भएको थियो । ५ दिने तालिमाजम्म १६ जनाको सहभागिता रहेको छ ।
संस्थाको अध्यक्ष टेक वहादुर कुसारीको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख गौत्मको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा यू.एम.एन.का स्वास्थ्य व्यवस्थापक नविनप्रसाद चौधरी लगाएतको पनि आतीथ्यता रहेको थियो । नेपाल जनजागरण मञ्चका कार्यकारी निर्देशक शम्भु विसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक मोहन खड्काले गर्नुभएको थियो ।