रुकुम पूर्व, ४ फागुन
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विहान पर्यटकीय स्थल मैकोटमा मतदाता भेटघाट गर्दै मर्निङवाक गर्नुभएको छ । उहाँले प्रसिद्ध मस्तथानको भ्रमणसमेत गर्नुभएको छ ।
प्रचण्डले विहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । मतदाता भेटघाटका लागि संयोजक प्रचण्ड आइतबार दिउँसो मैकोट आउँनुभएको थियो। उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

