रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा निर्वाचन तयारी समिति निर्माण गरिएको छ । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँसमितिले पार्टी प्रदेश कमिटीका सदस्य पुनीराज घर्तीको संयोजकत्वमा निर्वाचन तयारी समिति निर्माण गरेको हो । जसको सहसंयोजकमा पार्टी प्रदेश समिति सदस्य एवम् गाउँपालिकाका इन्चार्ज जिताराम कामी रहुनभएको छ ।
यसको सदस्यहरुमा प्रदेश र गाउँ समितिका सदस्यहरु, पार्टीबाट जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा पार्टी समितिका अध्यक्ष, सल्लाहकार, ज्येष्ठ कम्यूनिष्ट मञ्च, जनवर्गिय संगठन सबै रहने गरी मापदण्ड निर्धारण गरिएको पुथाउत्तरगंगा गाउँपालिकाका इन्चार्ज कामीले बताउनुभएको छ । उहाँकाअनुससार २५ सदस्यीय निर्वाचन तयारी समितिको सचिवालय समेत गठन गरिएको छ । तकमा सोमबार र मंगलबार दुई दिनसम्म चलेको गाउँ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै पार्टीको गाउँ सम्मेलनको क्रममा मनोनीत गर्न बाकी रहेका ६ सदस्यलाई मनोनीत गरिएको छ । हर्कप्रसाद रोका, लिला समाल, दुतराज बुढा, लालबहादुर बुढा, आकाश पुन र उज्जवल सेनलाई मनोनीत गरी गाउँसमितिमा ल्याएको इन्चार्ज कामीले बताउनुभयो । यसअघि ५५ सदस्यी रहेको गाउँसमिति अब ६१ सदस्यीय बनेको छ । यस्तै गाउँसमितिको पनि २१ सदस्यीय सचिवालय गठन गरिएको छ ।
यस्तै फागुन २३ गतेबाट गाउँपालिकामा संगठनात्मक परिचालन अभियान सुरु हुने भएको छ । गाउँपालिकामा पुथा र उत्तरगंगा दुईवटा क्षेत्र बनाएर संगठनात्मक परिचालन अभियान सुरु गरिने भएको छ । पुथामा पुनीराज घर्ती र उत्तरगंगामा जीताराम कामीको संयोजकत्वमा अभियान सञ्चालन गरिने गाउँ समितिको बैठकले निर्णय गरेको छ ।