३० औ जनयुद्ध दिवसको अवसर पारी रुकुम पुर्वका सहिद परिवार, घाइतेलाई सम्मान गरिएको छ । आज रुकुम पुर्वको भुमे गाउँपालिका-२ खाबाङमा आयोजना गरिएको कार्यक्रममा नेकपाका संयोजक एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प कमल दाहाल प्रचण्डले खादा ओढाएर सम्मान पत्रद्वारा सहिद परिवारलाई सम्मान गर्नुभएको हो ।
जनयुद्ध दिवस मनाउन जनयुद्धको आधार इलाका रुकुम पुर्व पुग्नुभएका संयोजक दाहालले जिल्लाको विभिन्न ठाउँमा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारहरुसँग भेटघाटलाई जारी राख्नुभएको छ । सहिद परिवारलाई सम्मान गर्नु अघि संयोजक दाहालले भुमे -७ लाबाङ र ६ को महतमा पुगेर त्याहाका सहिद परिवार, घाइरे, अपाङ र बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको थियो ।
प्राचण्डको हातबाट सम्मान पत्रले सम्मानित हुन पाउँदाको पल आफ्नो लागी अत्यन्तै खास रहेको भुमे १ लुकुमका सहिद परिवारक व्यक्ति कलुराम विकले बताउनुभयो । यस्तै सोही ठाउँका अर्का सहिद परिवारका व्यक्ति रण बहादुर घर्तिले पनि आज आएर प्रचण्डको हातबाट सम्मानित हुन पाउँद अत्यन्तै खुसी लागेको बताउदै उहाले रुकुम पुर्वबाट प्रचण्डलाई चुनाव जिताएर पठाउने बताउनुभएको छ ।
रुकुम पुर्वमा २ सय ५२ जना सहिद परिवार छन ।

