हिजो जनयुद्ध गलत थियो भन्नेहरू आज गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक अधिकार मज्जाले भोग गरेका छ्न। ती अधिकार कसको बलिदान, कसको संघर्ष र कसको नेतृत्वले ल्याएको हो ? भुल्नुभयो ?

प्रचण्डलाई हराउने हो भनेर हौसिनेहरूले के बिर्सनुभएको छ भने, प्रचण्ड हारेपछि सबैभन्दा बढी खुसी हुने को हुन् ? गणतन्त्र घाँडो ठान्ने, धर्मनिरपेक्षता नचाहने, समावेशी अधिकार सधैं विरोध गर्नेहरू। उनीहरूकै खुसीका लागि तपाईं प्रचण्ड र उहाँले नेतृत्व गरेको पार्टी नेपाली कम्युनिस्ट पार्टीलाई हराउन लाग्नुभएको हो ?

जनजाति, दलित, मधेशी, महिला, पिछडिएका वर्ग र क्षेत्र, तपाईंहरूले पाएको अधिकारको महत्व नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हले हार्दा मात्र थाहा हुनेछ। किनकि ती अधिकार खोसिन थालेपछि मात्र तपाईंलाई प्रचण्डको महत्व याद आउनेछ। तर त्यतिबेला ढिलो भइसकेको हुनेछ। हिजो एमाले र कांग्रेसले नचाहेर पनि प्रचण्डकै नेतृत्वमा गणतन्त्र आयो, संविधान बन्यो, समानुपातिक अधिकार स्थापित भयो। पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थाल्दा एमाले–कांग्रेस मिलेर सरकार ढालेनन् ? उनीहरू भ्रष्टाचारीका संरक्षक हुन् कि सुशासनका पक्षधर? इतिहास साक्षी छ।

अब कुरा गरौँ नयाँ शक्ति र रास्वपाको। यिनीहरूसँग विचार छैन । सिद्धान्त छैन । इतिहासबोध छैन । समाजवाद र पुँजीवाद एउटै हुन् भन्नेहरू, धनी र गरिब उस्तै हुन् भन्नेहरू, “पुरानो सबै खराब र नयाँ सबै राम्रो” भन्ने नाराबाजीबाहेक यिनीहरूसँग गहिरो राजनीतिक दृष्टि नै छैन । जातीय व्यवस्था उन्मूलनको एजेन्डा कहाँ छ ? महिला मुक्तिको योजना कहाँ छ ? आदिवासी जनजातिका भाषा र सभ्यता जोगाउने कार्यक्रम कहाँ छ ? ८० लाख युवालाई विदेशिनबाट रोक्ने नीति कहाँ छ ? उद्योग र आत्मनिर्भर अर्थतन्त्रको खाका कहाँ छ ? शासकीय स्वरुपको खाका छ?

यिनीहरूसँग के छ भने , कांग्रेस र एमालेको कुशासनप्रतिको जनआक्रोशलाई पूँजी बनाउने कला मात्र। तर आक्रोश विकल्प होइन; नीति र दृष्टि चाहिन्छ। त्यसैले नेपाली कम्युनिष्ट पार्टी न गोली हानेर युवाको हत्या गर्ने पक्ष हो, न सिंहदरबार, संसद् र अदालत कब्जा गरेर जलाउने पक्ष हो। नेपाली कम्युनिष्ट पार्टी त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक राज्य व्यवस्थाको संस्थापक हो । नेपाली कम्युनिष्ट पार्टी त सुशासन, सामाजिक न्याय र समृद्धिसहितको समाजवादको पक्षपाती हो ।

अब ३ दिन मात्र बाँकी छ सोच्नुस्, विचार गर्नुस्। जनताका अधिकारसँगै राष्ट्रियता, स्वाभिमान र राष्ट्र निर्माणको दिशा सुरक्षित राख्ने क्षण यही हो। सबै वर्ग र क्षेत्रको समान अधिकार जोगाउन स्पष्ट एजेन्डा, वैचारिक दृढता र एकताबद्ध शक्ति आवश्यक हुन्छ। इतिहासले पटक–पटक देखाएको छ ।एजेन्डाविहीन शक्तिहरू क्षणिक रूपमा चम्किए पनि दीर्घकालीन रूपमा दिशा दिन सक्दैनन्। त्यसैले अधिकार र भविष्य जोगाउने हो भने भावनाले होइन, गम्भीर विचारले निर्णय गर्नुस्।

अब निर्णय गर्नुस्, नाममा हैन, इतिहासले रेकर्ड राख्ने एजेन्डामा ध्यान दिदै प्रचण्ड नेत्रुत्वको नेकपालाई बहुमत सहित पहिलो पार्टी बनाउने मौका नगुमाउनुस्। तारा चिन्ह रोज्नुहोस ।

लेखक:कमल गिरी  प्रेस सेन्टर नेपालका अध्यक्ष हुनुहुन्छ ।