“जहाँ सहिदको रगत बगेको छ, त्यहाँ समृद्धिको फूल फुल्नुपर्छ । जहाँ बन्दुकको गर्जन थियो, त्यहाँ अब विकासको शंखघोष हुनुपर्छ ।”

यो सुन्दर दुई लाईन फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचको लागि रुकुम पूर्वबाट उम्मेदवार बन्नुभएका पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डको घोषणा पत्रमा लेखिएको छ ।

रुकुम पूर्व जनयुद्धको आधार इलाका हो । जसरी क्रान्तीको सुरुआत भएको थियो, त्यसरी नै यसै जिल्लाको चुनवाङ भेरी डाँडामा बसेको बैठकले शान्तीको ढोका खोलेको थियो । क्रान्ती र शान्तीको केन्द्र बनिसकेको रुकुम पूर्व विकासको केन्द्र बन्न भने बाकी नै छ । चुनाव आउन केहि दिन मात्र बाकी रहदा चुनावी मैदानमा होमिएका सबै उम्मेदवारहरुले रुकुम पूर्वलाई अबको पाँच वर्षपछि विकासको नमुना जिल्ला बनाउछौं भन्दै मतदाताहरुको माझमा गएर भोट मागिरहेका छन् ।

अहिलेसम्म जिल्लाको विकास नभएको भन्ने चाही होइन् । यस अघि चुनाव जितेर संघ, प्रदेशमा जानुभएका र स्थानीय सरकार चलाउनुभएका सबैले आ-आफ्नो ठाउँबाट पहल गरेर विकास गर्नुभएकै छ । जिल्लाका केही वडाहरु बाहेक सबै ठाउँमा सडक संजालको विस्तार भएको  छ । विद्यालय भवनहरु बनेका छन् । विद्युत विस्तार भइरहेको छ । खानेपानी, स्वास्थ्य,  सञ्चारको क्षेत्रमा पनि थुप्रै कामहरु भएका छन् । तरपनि यी भइरहेका कामलाई तुलनात्मक रुपमा गुणात्मक तरिकाले अगाडी बढाउन सक्ने उम्मेदवारको खोजीमा रुकुम पूर्वका जनताहरु छन् ।

रुकुम पूर्वसँग पुरानो साइनो रहेपनि यसै जिल्लाको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर भने क्रान्ती र परिवर्तनका नायक पुष्प कमल दाहाल प्रचण्ड  पहिलो पटक आउनुभएको छ । रुकुम पूर्वको माटो सहिदहरुको रगतले मात्र होइन, प्रचण्डको पसिनाले पनि सिंचित छ । सिंगो देशको भविष्य कोर्दै आएका प्रचण्डलाई रुकुम पूर्वको माया नहोला त ? मेरो यो प्रश्न ‘जिउदाको जन्ती र मर्दाको मलामी’ घर नजिकको मान्छेलाई भोट दिऔं र टुरिष्ट उम्मेदवारलाई बहिष्कार गरौ भन्नेहरुका लागि । प्रचण्डले ल्याएको व्यवस्थामा टेकेर प्रचण्डकै विरोधमा उत्रिनेहरुले यो अवस्था र व्यवस्थाको लागि कति संघर्ष गर्नुपरेको थियो होला भनेर कहिल्यै मनन् गर्न भ्याउनुभएको छ की छैन् होला ?

अह सायदै छैन् होला ।

यी कुराहरुको मनन् गर्न भ्याएको भए जो बाट जसरी भ्रमित कुराहरु आइरहेका छन्, सायदै आउथेनन् होला । जसले जहाबाट जसरी भ्रम छरेपनि सत्य कहिल्यै छिपेको छैन् ।

रुक्मेली जनताको स्वाभिमान र अस्तित्वप्रतिको कसमका साथ पुथा हिमालको हिउँ जस्तै सफा नियत र सिस्ने हिमाल जस्तै अडिग अठोटका साथ रुक्मेली जनताको भविष्य बदल्न प्रचण्ड प्रतिबद्ध हुनुहुन्छ । क. प्रचण्ड निंरकुश पञ्चायत, बहुदल र जनयुद्धका कठिन कालखण्ड हुँदै देशका कुना कन्दरासम्म जनताको सेवामा समर्पित नेतृत्व हुनुहुन्छ । यस पटक रुकुम पूर्वबाट उहाँको उम्मेद्वारी रुकुम पूर्वको विकासको रिक्तता भर्ने, संघियताको रक्षा गर्ने र जनयुद्धका अधुरा सपना पुरा गर्ने निर्णायक अभियान हो ।

“जहाँ सहिदको रगत बगेको छ, त्यहाँ समृद्धिको फूल फुल्नुपर्छ । जहाँ बन्दुकको गर्जन थियो, त्यहाँ अब विकासको शंखघोष हुनुपर्छ ।” भन्ने भनाईलाई सर्थकता दिन प्रचण्डले रुकुम पूर्वमा आर्थिक तथा पूर्वाधार प्याकेज लागु गर्ने बताउनुभएको छ । उहाँले आफ्नो चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र दुवैमा रुकुम पूर्वलाई समृद्धिको मार्गमा लैजानको लागि तयार पारिएका आधारहरु उल्लेख गर्नुभएको छ ।

रुकुम पूर्वको समृद्धिको लागि यस्ता छन् प्रचण्डका संकल्पहरु  

रुकुम पूर्वलाई सुगम बनाएको मध्यपहाडी लोकमार्गको पूर्णता तथा सहिदमार्ग (थवाङ, महत, काँक्री, तक, हुकाम, मैकोट, दुले हुँदै शहरतारा-डोल्पा) सडकलाई सम्पन्न गर्न पहल गर्ने, संघिय सरकार र प्रदेश सरकारबाट टेन्डर आह्वान भएका मोटरेबल पुल, झुलुङ्गे पुल लगाएतका पूर्वाधार योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न पहल गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तै सानीभेरी, उत्तरगंगा, ढोरपाटन करिडोर र दुईखोली (रोल्पा), चुनवाङ, रुकुमकोट, सिस्ने, डोल्पा जोड्ने सडकलाई पूर्णता दिने, जिल्लाको तिन वटै पालिका केन्द्रदेखी वडा र वडा देखी वडा जोड्ने पक्की सडकमार्फत यातायात क्रान्ती गर्ने बताइएको छ ।  योजना प्रोजेक्ट बैंकमा रहेका जिल्लाका योजनाहरुको प्राथमिकिकरण र कार्यान्वयमा जोड दिनुका साथै स्थानीय नदिनालाबाट लघु तथा मेघा जलविद्युत उत्पादन, प्रत्येक वडासम्म केन्द्रिय प्रशारण लाईन विस्तार, जिल्लामा ग्रिड स्थापना, सिँचाइ पूर्वाधारको विस्तार तथा आधुनिक र व्यावसायिक कृषि प्रणाली लागु गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पुथा-सिस्ने हिमशृङ्खला, तालतलैया, ढोरपाटन शिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्मृतिसहितका सम्पदाहरुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा, पाँचऔंले लगाएत बहुमुल्य जडिबुटीको उत्पादन, संरक्षण, प्रशोधन केन्द्र स्थापना र बजार सुनिश्चित गर्ने बताइएको छ । जिल्ला अस्पतालमा २४ सै घण्टा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सामुदायिक शिक्षाको गुणस्तर सुधार, थोरै विद्यार्थी धेरै विद्यालयको समस्यालाई समाधान गर्न विद्यालय केन्द्रिकरण, विषयगत शिक्षकको व्यवस्था, आवासीय सुविधा र गुणस्तर अभिवृद्धिको लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयन गर्ने साथै संघ, प्रदेश र स्थानीय तहबाट सुरु भएका अधुरा र क्रमागत योजनाहरुलाई पूर्णता दिने कुरालाई संयोजक दाहालले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।

जनयुद्धको उद्गमथलो समेत रहेको रुकुम पूर्वका जनतासँग संयोजक दाहालले यो जिल्ला आफ्नो लागि केवल एउटा निर्वाच क्षेत्र मात्र नभएर राजनीतिक पुनर्जन्मको थलो र परिवर्तनको उद्गमस्थल रहेको बताउनुभएको छ । विस्तृत शान्ती सम्झौताको जीवीत हस्ताक्षरकर्ता हुनुको नाताले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको सम्मान, तिनका परिवारका लागी राहत र परिपुरणका कार्यलाई निष्कर्षमा पुर्याउनेसँगै द्धन्द्धकालिन मुद्धाहरुको रानीतिक तथा कानुनी निरुपण गरी शान्तीलाई दिगो बनाउन आफु प्रतिबद्ध रहेको कुरा संयोजक दाहालले बताउनुभएको छ । लुम्बिनी प्रदेशद्धारा घोषित अर्गानीक जिल्ला रुकुम पूर्वलाई चाहिने आवश्यक नीति र नियम निर्माण गर्दै प्रमाणीकरण तथा बजार सुनिश्चत गरी यहाँको उत्पादनलाई ‘प्रिमियम ब्राण्ड’ का रुपमा शहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्याउने र देशकै गुणस्तरीय टिम्मुरलाई ब्राण्डिङ, स्याउ, सुन्तला, कागती लगाएतका फलफूलहरु, अर्गानिक तरकारी, अन्नबालीहरुलाई बजारीकरण गर्ने कुरालाई संयोजक दाहालले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

मगर समुदायको बाहुल्यता रहेको यस जिल्लामा संविधानको मर्म अनुसार मगर क्लष्टरहरुलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्याताको विश्वव्यापी ब्रान्डिङ गर्ने प्रयास गर्ने, यहाँको फलाम खानी उत्खनन तथा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । यसबाट प्राप्त रोयल्टीले रुकुम पूर्वलाई नेपालकै धनी जिल्लाहरुको सूचीमा पुर्याउन सकिने उहाको भनाई छ । रगतले लेखिएको संविधानको रक्षा गर्दै संघियतालाई अझ मजबुत बनाउने र मधेसी, जनजाती, दलित तथा मगर समुदायको स्वायत्तताको लागि आवश्यक संविधान संशोधन प्राथमिकतामा रहने उहाँले उल्लेख गर्नुभएको छ ।