वाह्र भदौ दुई मास उभेली र उधेली अन्तर्गत उधेलीमा मनाइने भदौको वाह्र गते मनाइन्छ ।

मानव जीवनको उत्पत्तीसंगै आफु वाँच्न, भोक टार्न, जंगलमा कण्दमुल र अन्य जडिबुटीका साथै घना जंगलहरुमा शिकार गरेर आफ्नो जीविकोपार्जन गर्ने क्रममा विभिन्न जडिवुटीहरु खान मिल्ने र खान नमिल्ने च्याउ, वनस्पति र फलफुल खानलाई परिक्षण गरे । परिक्षणको क्रममा कसैले ज्यान पनि गुमाए । जो पूर्खाको योगदानको कारण हामी आफ्नो शरीरलाई कुनै क्षती नगरी जंगलमा पाइने सवै चीज प्रयोग गर्न पाएका छौ ।

वाह्र भदौ

जव मानवको विस्तार हुँदै गयो, मानव त्रासका कारण वन्यजन्तु टाढा भागे । मानव बस्ति पनि जंगल भन्दा उब्जनी हुने ठाउँतिर वसाई सरे । अन्नजन्य र फलफुलले मात्र उनिहरुको आहारा पुरा भएन । मासुजन्य खाना खानको लागि शिकार गर्न जानु पर्ने भएकोले शिकार गर्न एक महिनालाई पुग्ने खाना बोकी बुकी जंगल र पाटन पुग्छन् । श्रावणको महिना श्रावणे सक्रान्ती मानेर निस्कीएका शिकारीहरु एक महिनासम्म शिकार गर्छन् । शिकार गर्न धनुष र वाणको सहायत लिएर गएका शिकारी विभिन्न वन्यजन्तु मारेर भदौमा घर फर्किन्थे ।

कुनै समय एक शिकारी वुकीमा एक महिना शिकार गर्दा पनि कुनै पनि शिकार उसको आहारामा आउदैनन्, अर्थात मार्न सक्दैन । उ निराश भएर घर फर्कन्छ, घर पुग्दा उसको श्रीमती वाहीर ढोकामा निस्कन्छिन् । आफुनो श्रीमानलाई नियाल्ने वित्तीकै शिकारी श्रीमानको मुखवाट आगोको मुस्लो निस्कन्छ । श्रीमती वेहोस भएर ढल्छिन् र उठ्न नसकी त्यही उनको मृत्यु हुन्छ । यसरी गाउँका जान्नेमान्ने जम्मा भएर नियाल्छन्, श्रीमान एकहोरीएको हुन्छ । गाउँका जान्ने मान्नेले उ एक महिनासम्म शिकार गएर शिकार गरेर कुनै शिकार आफ्नो आहारामा नपरे पछि घरमा आउदा आफ्नो श्रीमतीको पुरस खाएको र श्रीमतीको मृत्यु भएको भन्ने भनाई रहिआएको छ । शिकारी जंगलमा शकार गर्न जंगल गए भने शिकार गरेर आउने शिकारीहरुलाई शिकार लिएर आवस या नलिएर उसलाई एउटा घर पालुवा कुखरा, सुंगुर जंगलबाट आउने वित्तीकै खान दिएपछि यो अनिष्ट हुँदैन भनि कुखुरा, सुगुर या वोको कुनैमा एक वाह्र भदौको दिनमा खाएर वाह्र भदौ मनाउने प्रचलन शुरुवात भएको कुरा वताउनु हुन्छ जान्कारहरु ।

जव वाह्र भदौ आउछ लेक, वुकी गएका पुरुषहरु घर आई कसैले कुखुरा कसैले सुंगुर र कसैले वोको घर भित्र नपस्दै वाहीरै घरका गृहीनीहरु ढोकाको संगारमै शिरमा पगरी र वटुकोमा रक्सी लिई हंस पुरस या आहारा मेटाउन मार वाहिरै मारेर भित्र प्रवेश गर्छन् । यसरी घर पालुवा कुखुरा, सुंगुर खाएपछि घरमा कुनै पनि अनिष्ट नभएको र शिकारी खुशी भएको मानिन्छ । यसरी आजभोली पनि यदि वुकी गएको छैन भने पनि वाह्र भदौ मान्ने व्यक्तीलाई एक छिनको लागि वाहीर पठाएर उ आउने वेलामा मार तमतयार गरी माथीकै जस्तै कुखुरा खाएर वाह्र भदौ मनाउछन् । यसरी वाह्र भदौ मान्ने प्रचलन कालान्तर देखि नै मान्दै आएको वुझिन्छ ।

वाह्र भदौमा प्राय जसो एक घरमा एक जनाले मात्र मार खान्छन् । तर आजभोली घरमा कति जना पुरुष छन् त्यति जनाले नै मानेको पनि कतै कतै पाइन्छ । एक पटक वाह्र भदौ मानेपछि अर्र्को पटक पनि मान्नै पर्ने चनल छ । किनभने उसको पुरसले एक वर्षको वाह्र भदौ कुरी रहेको हुन्छ । यदी उसले वाह्र भदौ मानेन भने विरामी हुन्छ भन्ने चलन छ ।

शिकारसँगै भदौ महिनामा ल्याउने जडिवुटीहरु

जब शिकार गर्न श्रावणको महिना वुकीतिर लाग्छन् । त्यहीवाट विभिन्न किसिमका जडिवुटी भदौ महिनामा खने वा टिपे मन्त्र लाग्ने हुन्छ । भदौमा लिएका जरमुथा सर, चमेली, निङ आदि मन्त्र तन्त्र लगाएत औषधीको रुपमा प्रयोग गरिन्छ । अझैपनि निङको प्रयोग गरेको पाईन्छ । वुकीवाट लिएका जडीवुटी र वगरमा हुने वाह्र भदौका दिन टिपेको वाह्र वोटको टिमुर औषधीको प्रयोग गरेको पाईन्छ । लेकवाट पुरुषले जडिवुटी लेयाउछन् भने वगरमा महिलाले टिमुर टिपेको पाईन्छ । यसको केही कथा माघीमा गाउने स्याम्वो गीतमा पनि गाएको पाईन्छ ।

यो लेखका लेखक तिलक रोका मगर भूमे गाउँपालिका २ काँक्रिका स्वास्थ्यचौकी इन्चार्ज हुनुहुन्छ ।