मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले रुकुम पुर्व अस्पताललाइ एनालाइजर मेसिन उपलब्ध गराएको छ । रुकुम पुर्वमा गठित लायन्स क्लब अफ रुकुम पूर्व, लायन्स क्लब अफ रुकुमकोट र लायन्स क्लब अफ सिस्ने रुकुमकोटले आज संयुक्त कार्यक्रमको आयोजना गरेर जिल्ला अस्पताललाई एनालाइजर मेसिन र एउटा ह्विलचियर हस्तान्तरण गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी District 325 N, 2026 गभर्नर लायन ज्ञानेन्द्र कुमार श्रेष्ठले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खराललाई एनालाइजर मेसिन र ह्विलचियर हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा एनालाइजर मेसिन उपलब्ध भएसँगै अस्पतालको सेवा थप प्रभावकारी हुने अस्पतालका निमित्त मेसु डाक्टर खरालले बताउदै यसको लागि लायन्स क्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । यससँगै जिल्लामा रहेका ३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विल चियर प्रदान गरिएको छ । रुकुम पुर्वका लायन्स क्लबहरुलाई लायन्स क्लब काठमाडौं मैतिदेवीले एनालाइजर मेसिन उपलब्ध गराएको थियो ।

कार्यक्रममा क्लबमा आवद्ध सदस्यहरुलाई गभर्नर पिन पनि वितरण गरिएको छ ।

विषराम परियारको अध्यक्षतामा भएको कार्यक्रममा District 325 N, 2026 गभर्नर लायन ज्ञानेन्द्र कुमार श्रेष्ठ श्रेष्ठ, जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रीक गभर्नर लायन बिनोदकुमार श्रेष्ठ तथा गभर्नरका दूत लायन भेषराज श्रेष्ठ लगायतका लायन्स नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम सफल पार्न योगदान पुर्‍याउने सम्पूर्ण लायन सदस्य तथा सहयोगीहरूलाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ । आज भएको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ रुकुमकोटका अध्यक्ष रामचन्द्र दाहालले गर्नुभएको थियो ।