एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्दोन्दीलाई करिव ७ हजार मतले पछि पार्दै प्रचण्ड विजयी हुनुभएको हो ।

प्रचण्डले १० हजार २ सय ४० मत प्राप्त गर्उदा हाँका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभएको छ ।  नेपाली काँग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत र रास्वपाका लखन थापाले ८ सय १९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका रोशन शाहले ८२ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ३२ मत, प्रलोपाका सन्दिप पुनले २ सय ३ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ५५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ५१ मत, नेकपा माओवादीका जुद्धबहादुर बुढाले १ सय ९१ मत र जसपाका सिरबहादुर बुढाले ३० मत प्राप्त गर्नुभएको छ ।

३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा ५ सय ६३ मत बदर भउको छ । अब समानुपातिकतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।।