रुकुम पूर्वमा जंगली च्याउ खादा एकै परिवारका २ जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका- ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षको भाग्यरेखा विकको ज्यान गएको हो । योजनको मंगलबार दिउसो र भाग्यरेखाको मंगलबार राती राप्ती स्वास्थ्य विज्ञात प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
परिवारकै २ जना भने गम्भिर घाइते हुनुहुन्छ । मृतकका आमा ३५ वर्षकी राम कुमारी सुनार र उहाँकी छोरी ९ वर्षिया आयुषा विकको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुले २ गते शुक्रबारका दिन जंगलबाट ल्याएर च्याउ खाएका थिए । च्याउ खाएर बिरामी परेका उनिहरु ५ गते सोमबार मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए ।
अस्पतालमा उपचार हुन नसकेपछी उनिहरुलाई जिल्ला अस्पतालले ६ गते मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रिफर गरेको थियो । २ जनाको त्यही ज्यान गयो भने बाकी २ जनालाई नेपालगञ्ज भेरी अस्पताल लगिदै छ ।

