रुकुम पुर्वमा प्रचण्डको जित सुनिश्चित भएको छ प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । भुमे गाउँपालिका र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगंगा गाउँपालिकाको ८ वटा वडाको मत गणना सकिदा नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले साढे ८ हजार मतले अग्रता कायम गर्दै जितको सुनिश्चित गर्नुभएको हो ।

१५ हजार ८२३ मत गणना गर्दा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ३ हजार १७, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिनुभएको छ ।

उहाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार लखन थापाले ७ सय १२, राप्रपाका रोशन शाहले ७३ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्र प्रसाद शाहिले २९ मत, प्रलोपाका उम्मेदवार सन्दिप पुनले १ सय ८६, नेसनल मंगोल अर्गनाइजेसनका उम्मेदवार ज्योती रोका मगरले ५४ मत, नेसनल रिपब्लिक नेपालका उम्मेदवार धर्म कुमार बुढाले ४८, नेपाली कम्युनिस्ट पार्टि माओवादीका उम्मेदवार जुद्द बहादुर बुढा मगरले ४०, जनता समाजवादी पार्टिका उम्मेदवार शिर बहादुर बुढाले ५ मत प्राप्त गर्नुभएको छ ।

जसमा ४३५ मत बदर भएको छ । अहिले पुथा उत्तरगंगा गाउँपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको मत गणना जारी छ । त्यसपछी अन्तिम मत परिणाम घोषणा गरिने छ ।