एउटा मात्र निर्वाचन क्षेत्र भएको रुकुम पुर्वमा मत गणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि बिहान पौने ६ बाट मत गणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिनुभएको छ ।
जिल्लाको भुमे गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा कार्यालयबाट मत गणनाको कार्यलाई अघि बढाइएको छ । सिस्ने गाउँपालिकाको सभाहलमा मत गणना भइरहेको छ

