रुकुम पुर्वमा सरोकारवालासँग डेङ्गु रोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रुकुम पुर्वको आयोजनामा सिस्ने गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो । सिस्ने गाउँपालिकाको विभिन्न ठाउँमा डेङ्गुको समस्या बढी देखिन सक्ने भन्दै त्यसबाट बच्नको लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।
अभिमुखिकरण कार्यक्रममा डेङ्गु रोगको बारेमा जानकारी गराउनुका साथै यो रोग लाग्नुका कारण, सर्ने तरिका, जिवनचक्र, लक्षण/चिन्ह, डेङ्गु संक्रमणको अवस्था, उपचार विधि, डेङ्गु नियन्त्रण गर्ने उपाए लगाएतको बारेमा जानकारी गराइएको थियो ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५ नम्बर वडा सदस्यसँगै सिस्ने गाउँपालिकाभित्रका स्वास्थ्यचौकी इन्चार्ज, ५ र ६ नम्बर वडाका सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण मलेरिया इनिस्पेक्टर निरीक्षक रत्नलाल शर्माले गर्नुभएको थियो ।