रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी झण्डै ६० करोड बजेट ल्याएको छ । आज मंगलबार गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले सिस्ने गाउँ सभाको १७ औं गाउँ सभामा ५९ करोड ७७ लाख १८ हजार ३१२ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ८० लाख ३५ हजार हजार रुपैयाँ अर्थात ६८.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ १८ करोड ९६ लाख ८३ हजाए ३ सय १२ रुपैयाँ अर्थात ३१.७४ .प्रतिशत छुट्याइएको छ। बजेटका लागि विभिन्न स्रोतहरूबाट रकम जुटाइनेछ।
गाउँपालिकाको अनुमान अनुसार आन्तरिक राजश्वबाट १ करोड २९ लाख रुपैयाँ आउनेछ भने संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ७८ लाख, सशर्त अनुदानबाट २१ करोड ७९ लाख, नेपाल सरकार शसर्त अनुदान LISP सहित ४ करोड ३७ हजार, विशेष अनुदानबाट १ करोड ६५ लाख र राजस्व बाँडफाँटबाट १० करोड ६७ लाख ५७ हजार ८ सय १२ र संघीय समपुरक अनुदान २ करोड ७१ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेश सरकारबाट पनि वित्तीय समानीकरण अनुदान ७९ लाख ७३ हजार, सशर्त अनुदान १ करोड ३ लाख ८ हजार, समपूरक अनुदान ७५ लाख, राजस्व बाँडफाँटबाट ९४ लाख ९४ हजार, विशेष अनुदान मार्फत २० लाख रुपैयाँ आउने प्रक्षेपण गरिएको छ।
साथै, आर्थिक वर्ष २०८२/०८३ को १ करोड ५० लाखभन्दा बढी रकम आगामी आर्थिक वर्षमा अ. ल्या. हुने अनुमान गरिएको छ।
यस्तै जिल्लाको भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ५० करोड ८४ लाख ६४ हजार ५ सय ७६ रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष एबम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना वुढा मगरले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । जसमा कुल बजेटको ६६.४१ प्रतिशत चालु खर्चका लागि र ३३.५९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।
यस्तै जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६६ करोड ३६ लाख बजेट प्रस्तुत गरेको छ । कुल बजेटको चालु तर्फ ३७ करोड १९ लाख र पूँजीगत तर्फ २९ करोड १४ लाख बजेट गाउँपालिकाले बिनियोजन गरेको छ ।

