रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चार जना उत्कृष्ट कृषकहरुलाइ नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । निरन्तर रुपमा पशुपन्छी पालन गर्दै आउनुभएका चार जना उत्कृष्ट कृषकलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

कृषि तथा पशुपालन पेसामा लागेर आत्मनिर्भरता र स्थानीय रोजगारीमा टेवा पुर्याउदैँ आउनुभएका कृषकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकाले प्रत्येकलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

सिस्ने बहुउद्देश्यीय कृषि तथा भैँसी पालन फर्मका सञ्चालक कल्चु बुढा मल्ल, सोहन कुखुरा पशुपन्छी फर्मका सञ्चालक राजकुमार कवर,
रुकुमेली पशुपन्छी फर्मका सञ्चालक ललिता थापा बुढा र न्यू खड्का बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मका सञ्चालक बालराम खड्कालाइ नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।

गाउँपालिकाले आगामी दिनमा कृषि तथा पशुपालन पेसालाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने अध्यक्ष कृष्ण रेग्मीले प्रतिबद्दता जनाउनु भएकोछ । गाउँपालिकाको यो कार्यले कृषकहरुलाइ पेसामा लाग्न थप हौसाला मिल्ने अपक्षा गरिएको छ ।