रुकुम पूर्वमा कोइली शाही घटना प्रकरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । आज बुधबार अन्तरपार्टी महिला संजाल रुकुम पूर्व र नेकपा माओवादी केन्द्र सम्बद्ध भातृ संगठनहरुले (संयुक्त रुपमा) ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
रुकुम पूर्व सिस्ने गाँउपालिका वडा नं.-६ खोपीचार घर भइ सिस्ने गाँउपालिकामा कार्यालय सहायक पदमा कार्यरत शाही गएको आषाढ २८ गते सिस्ने- ५ स्थित आफनै डेरामा मृत अबस्थामा फेला पर्नुभएको थियो । मृतका बुबा दिपक कुमार शाहीले घटनालगत्तै रुकुम पश्चिम वाँफिकोट गाँउपालिका वडा नं. २ निवासी परिचन्द्र खत्रीको नामामा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिई रुकुमकोट जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भएको ९ दिन बितिसक्दा अभियुक्त्त पक्राउ नपरेपछि अनुसन्धानमा ढिलासुस्ति भएको भन्दै प्रशासन र प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाएको अन्तरपार्टी महिला सञ्जाल रुकुम पूर्वकी अध्यक्ष निर्मला बुढाथोकीले बताउनुभयो ।
अभियुक्त भनिएका व्यक्ती पक्राउ गर्नको लागि पर्याप्त प्रमाणहरु हुँदाहुँदै पनि प्रहरीको ढलासुस्तीले आफूहरुलाई कतै न्याय मर्छकी भन्ने संकाका कारण दबाद स्वरुप प्रहरी र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी), रुकुमपूर्वका जिल्ला सह–संयोजक तिर्था पुनले बताउनुभएको छ । यससँगै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), रुकुमपूर्व, नेपाल दलित मुक्ति मोर्चा, अखिल क्रान्तिकारी रुकुमपूर्व, वाइसिएलनेपाल रुकुमपूर्व, एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल ट्रेड युनियन, नेपाल उद्योग व्यापार महासंघ, प्रेस सेन्टर नेपाल रुकुम पूर्व, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, जिल्ला समन्वय समिति, रुकुम पूर्व र सहिद परिवार समा, नेपाल रुकुम पूर्वले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ “अनुसन्धानमा ढिलासुस्ति हुनुले पिडित परिवारको पिडामा झनै पिडा थप्ने कार्य भएकाले अभियुक्त्तलाई यथाशिघ्र पक्राउ गरि कानुनको दायरमा ल्याई दोशीउपर कडा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकाय समक्ष गम्भिर ध्यानाकर्षण गराउदछौं ।
यद्पी घटना अनुसन्धानको क्रममा रहेको छ । तथापी अभियुक्त्तद्वारा निरन्तरको मानसिक दवाव खप्न नसकी मृतक कोइली शाहीले आफ्नो ज्यान आफै लिनुपर्ने जस्तो गम्भिर अबस्था सिर्जनाहुन पुगेको दृष्टान्त सबैसामु छर्लङ्गै छ । पर्याप्त प्रमाण र आधारहरु हुँदा समेत कानुनको परिपालना गराउने राज्यका निकायवाट घटनाको यथशिघ्र सत्यतथ्य छानबिन हुन नसक्नु दुखको कुरा हो । दोषीउपर प्रभावकारी अनुसन्धान तथा कानुनी कारबाही प्रारम्भ हुन नसक्नु,अभियुक्त्तहालसम्म पक्राउ पर्न नसक्नु, दोषिको मनोवल बढ्नेगरिप्रहरी अनुसन्धानमा उदाशिनता दखिनु जस्ता घटनाक्रम विकास भैराखेको परिप्रेक्षमा राजनीतिक शक्त्तिको आडमाकतै दोषिलाई संरक्षण गर्न खोजिएको हो की भन्ने आशंकामा बल पुगेको आभाष भएको छ ।
भनिन्छ ढिला न्याय दिनु भनेको न्याय नदिनु सरह हो । कोइली शाही एक महिला मात्र नभएर हाम्रो समाजकी एक छोरी चेली समेत हुन । यस्ता प्रकृतिका घटनामा हामी कदापी चुप लागेर बस्न सक्दैनौ । घटना लुकाउने तथा दोषीले उन्मुक्त्ति पाउने अबस्था कदापी सिर्जना हुनु हुँदैन ।बुढी मरी भन्दा पनि काल पल्कने भय रह्यो भन्ने भनाई चरितर्थ हुने गरि पहुँच र प्रभावको बलमा घटनालाई ढाकछोप गरि समाजमा दण्डहिनता मौलाउन दिने विषय कदापी सह्य हुन सक्दैन । यसर्थ दण्डहिनताको अन्त्य गरि भविश्यमा यस प्रकृतिका घटनाहरु घटन् नदिन प्रहरी, प्रशासन लागाएत राज्यका सम्बन्धितनिकायवाट कानुनको प्रभावकारी परिपालना गराई घटनाको वस्तुनिष्ट अनुसन्धानद्वारा दोषिलाई यथाशिघ्र कडा कानुनी कारवाही का लागिजोडदार माग गर्दै नेकपा (माओवादी केन्द्र) सम्बद्ध भातृ संगठनहरुको तर्फवाट यो संयुक्त्त ध्यानाकर्षण पत्र पेश गर्दछौं ।”
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने र प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले घटनाको सत्यतथ्य छानबिन गर्ने र दोषिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । अभियुक्तको खोजी कार्य तिव्र पारेको पनि उहाँहरुले बताउनुभएको छ ।

