रुकुम पूर्व सिस्ने गाउँपालिका-६ का एक पुरुषको शव रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ कोइलतरीस्थित भेरीनदीमा फेला परेको छ । मृतक व्यक्ति आला स्थित अन्दाजी वर्ष ३८ को  बैकुण्ठ मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

बुधबार दिउँसो स्थानीयले काठको मुडामा मानिसको शव अड्एिको भनेर प्रहरीलाई सूचना दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली गएर शव निकालेको हो ।

घटनास्थलमा रहनु भएका रुकुम पश्चिम सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र नेपाल प्रहरीका प्रहरी निरीक्षक हरि प्रसाद पुनको टोलीले स्थानीय समेतको सहयोगमा नदिको बिच बगरमा रहेको शव निकालेको हो ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।