नारायन ओली


रुकुम(पूर्व) को भूमे गाउँपालिकामा बौलाह कुकुरको आतंक फैलिएको छ । गाउँपालिकाको २ र ६ नम्बर वडामा बौलाह कुकुरको आतंक फैलिएको हो । बौलाह कुकुर वडा नम्बर ६ को नैमाक्याङ हुँदै महत गाउँमा प्रवेश गरेको हो । कुकुरले गाउँमा बस्तुभाउ र मानिसलाई टोक्दै हिड्न थालेको स्थानिय बासिन्दाहरुले बताएका छन ।

बौलाह कुकुरले महत गाउँमा १ जना मानिस, २ ओटा गाई, ३ ओटा कुकुरलाई टोकेको छ । बौलाह कुकुरले दर्जनौं कुकुरसँग लसपस गरेको छ । कुकुर यसै साताको सोमबार गाउँमा प्रवेश गरेको ६ नम्बर वडा अध्यक्ष देवबहादुर बुढाले जानकारी दिनुभयो । भुमे २ को सैपातुङमा पनि २ ओटा गाई २ ओटा बंगुर, ३ ओटा बाख्रालाई कुकरले टोकेको छ । कुकुर महतबाट भागेर आएको हो । कुकुरलाई सैपातुङमा स्थानियहरुले नियन्त्रणमा लिएको बताएका छन ।

भूमे गाउपालिका पशु सेवा शाखाबाट खटिएको टोलिले वस्तुभाउलाई रेबिज बृरुद्धको खोप लगाइरहेका छ । प्राविधिकहरुले महतमा ५ ओटा र सैपातुङमा ७ ओटा बस्तुभाउलाई पोष्ट बाईट ए आर भि खोप लागाएको बताएका छन् । रेविजको त्रास बढ्दै गएपछि रेविज खोप खोज्दै गाउँपालिका आउने किसानको संख्या बढेको छ ।

कुकुरलाई गाउँपालिका पशु सेवा शाखा मार्फत रेविज वृरुद्धको खोप लगाउने क्रम जारी छ । पशु सेवा शाखामा ३०० डोज रेविजको खोप मौज्दात रहेको गाउँपालिकाले बताएको छ । भूमेमा बौलाह कुकुरले मानिस र वस्तुभाउलाई टोकेपछि नागरिकहरु त्रसित भएका छन् ।