रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले सहिद परिवारको लागि सहकारी संञचालन गर्दै छ । सहिद परिवारलाई दिगो रुपमा आर्थिकोपार्जनमा जोड्ने उदेश्यले सहकारी सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारको लागि विभिन्न काम गर्दै आएको गाउँपालिकाले सहिद परिवारको लागि भने सहकारी सञ्चालन गर्न सेर पुजी लगानी गर्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।
सहकारीको लागि भनेर गाउँपालिकाले सेर पुजी बापत २९ लाख बजेट बिनियोजन गरेको अध्यक्ष बरालले बताउनुभयो । जसको कार्यसमिति पनि निर्माण गरिएको छ । सहिद परिवारका डम्बर बुढाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।
जसको उपाध्यक्षमा कर्मराज पुन, सचिवमा कोइली शाह, कोषाध्यक्षमा नमिता बुढा रहनुभएको छ । यस्तै भद्रि थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्माण गरिएको छ ।