रुकुम(पूर्व) मा सकेट बम फेला परेको छ । बिहिबार वडा नम्बर २ को बुर्के सल्ला भन्ने स्थानमा सकेट बम फेला परेको छ । स्थानीयले बाख्रा चराउन बनमा गएको बेलामा संकास्पद वस्तु भएको ड्रम लुकाएर राखेको देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । पछि वडा कार्यालबाट वडाध्यक्ष जिवन केसीसहितको टोली सम्बन्धित स्थानमा पुग्दा दर्जन बढी सकेट बम रहेको पाइएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

त्यस लगत्तै सम्बन्धित निकाय तथा सुरक्षा निकायलाई खबर गरिएको उहाँले बताउनुभयो । त्यहाँ अहीले इलाका प्रहरी कार्यालय प्वाङको इन्चार्ज लगाएतको टोली पुगेको र सुरक्षाकर्मीले निगरानी गरिरहेको अध्यक्ष केसीले बताउनुभयो । उहाँकाअनुसार शुक्रबार रुकुमकोटबाट नेपाल आर्मीको टोली गएर बमलाई निष्कृय पारिने छ ।

जनयुद्धको आधार इलाका रुकुम(पूर्र्व) को वनपाखामा आज पनि जनयुद्धको क्रममा निर्माण गरेका, लुकाएर राखेका विष्पोटक हतीयारहरु भेटिने गरेका छन् ।