
रुकुम(पूर्व) मा योङ् कम्यूनिष्ट लिग वाइसियलले तीन वटै पालिकामा संयोजक तोकेको छ । रुकुमकोटमा शुक्रबार बसेको कार्यालय बैठकले तीन वटै पालिकामा संयोजक ताकेको हो । सिस्ने गाउँपालिकामा मदन खड्का, भूमे गाउँपालिकामा अनिल रोका र पुथाउत्तरगंगा गाउँपालिकामा गोबिन बुढालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
होटेल लेक सिटीमा बसेको कार्यालय बैठकले प्रदेश कमिटीमा रिक्त रहेको सदस्य पदका लागि जिल्लाबाट विरमान पुन, रविन सुनार र दत्तबहादुर खत्रीलाई सिफारिस गरेको छ । बैठकले अब छिट्टै तीन वटै गाउँपालिकामा वाइसियलको पालिका सम्मेलन र वडा वडामा बैठक बस्ने निर्णय गरेको छ । आउँदो चैत्र १० गतेसम्म जिल्लाका ३१ वटै वडामा वाइसियलको बैठक बसिसक्ने र आउँदो बैशाख महिनाको पहिलो हप्तासम्ममा पालिका सम्मेलन गरिसक्ने निर्णय गरिएको वाइसियल नेपाल रुकुम(पूर्व) का सचिव नामेन्द्र सुनारले बताउनुभयो ।
अब स्थानीय तहको चुनाव नजिकिदै गर्दा पार्टीका काम एवं गतिविधिलाई समुदाय स्तरमा प्रचारप्रसार गर्ने काममा सक्रियताका साथ लाग्न आम वाइसियलका सदस्यलाई अनुरोध गरिएको छ । वाइसियल जिल्ला संयोजक तिलक रेउले भाष्करको अध्यक्षतामा बसेको बैठकमा वाइसियल केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुनिलकुमार रोकामगरको प्रमुख र नेकपा माओबादी केन्द्रका युवा नेता धु्रवविक्रम ओलीको विशेष आतिथ्यता रहेको थियो ।