
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले खेल जगतले राष्ट्रलाई विश्वसामु चिनाउने गरेको बताउनुभएको छ । भूमे गाउँपालिकाले महतमा आयोजना गरेको पालिकास्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड कार्यक्रमलदाई उद्धघाटन गर्दै सभामुख घर्तीले खेल जगतले राष्ट्रलाई विश्वसामु चिनाउने गरेको बताउनुभयो । खेल क्षेत्रको नै समाजवाद उन्मुख राष्ट्र निर्माणमा ममहत्वपूर्ण भूमीका खेल्ने भनाई उहाँको थियो ।
मेहनत भन्दा पनि खेलकुदमा भाग लिनुपर्छ भन्ने मात्र मान्यता राख्दा अपेक्षीत रुपमा खेल क्षेत्रको विकास तथा खेलाडिको क्षमता वृद्धि हुन नसकेको सभामुख घर्तीले बताउनुभयो । विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदै गर्दा उत्कृष्ट खेलाडी भन्दा पनि देश विदेश घुम्ने सोच मात्र राखेर आसेपासे अर्थात असक्षम खेलाडी छनोट गर्ने प्रवृत्तीले खेल क्षेत्र पछि परेको भनाई उहाँले राख्नुभयो । उहाँले खेलाडिहरुलाई अस्वस्थ प्रतिस्पर्धा र खेललाई ल्याएर जित्नैपर्छ भन्ने मान्यता त्याग्न आग्रह गर्नुभयो ।
सभामुख घर्तीले खेलको लागि पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले खेललाई मैत्रिपूर्ण र मर्यादित वातावरणमा खेलाउन खेलाडिमा अनुशासन हुनुपर्ने बताउनुभयो । खेलाडी मैदानमा अनुशासित ढंगले प्रस्तुत नभएमा खेलको कुनै औचीत्य नहुने उहाँले बताउनुभएको छ । विगतका वर्षहरुको शिल्डमा फर्जी खेलाडी राखेको भनेर धेरै विवाद आएकाले यस वर्ष त्यस कुारामा पनि ध्यान दिन समन्वय प्रमुख ओलीले आग्रह गर्नुभएको छ ।