जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व)ले जिल्लाबासीलाई आफुसँग भएका सबै हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्धारा हस्ताक्षरीत एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनको सुुरक्षालाई लक्षित गर्दै आफुसँग भएका इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी कार्यालय तथा प्रहरी युनीटमा बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई सुरक्षित, भरपर्दो र विश्वसनिय बनाउन भन्दै निर्वाचन पछि फीर्ता गर्ने गरि जिल्लामा भएका इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन प्रशासनले आग्रह गरेको हो । इजाजत प्राप्त हातहतियार भएकाहरुले यहि चैत्र मसान्तसम्म नजिकैको प्रहरीचौकीमा बुझाइसक्नुपर्ने पनि सुचनामा उल्लेख गरिएको छ ।