सुर्य प्रकाश बुढामगर/ रोल्पा


नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघिय लोकतन्त्र, गणतन्त्र स्थापनाको जग रोल्पा भएको बताउनुभएको छ । रोल्पा लिबाङको टुँडिखेलमा भएको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । रोल्पाले १० बर्षे जनयुद्धमा ठूलो योगदान पु¥याएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको छ, रोल्पाको गाउँ गाउँमा बाटो पुग्छ भन्ने मैले कहिल्यै सोचेको थिएन । अहिले गाउँमा बाटो पुगेको देख्दा विकासको लहर छाएको महसुस गरे । अहिले रोल्पामा शिक्षा, स्वास्थ्य, यातायात विद्युत तथा सञ्चार लगाएतमा विकासले फड्को मारेको छ ।”

प्रचण्डले हिजो भएका सहिद योद्धा, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारलाई आफ्नो अधिकारको लागि पछाडी नहट्न आग्रह गर्नुभएको छ । रोल्पा एक भएर उभिएपछी प्रतिक्रियाबादी शक्ति डराउने भनाई उहाँको छ ।

फरक प्रशंगमा प्रचण्डले नेपालका सबै कम्युनिष्ट एक हौं भनेर आफूहरु पार्टी एकता गरेको स्मरण गर्दै केहीँ अवसरवादी प्रवृत्ती भएका व्यक्तिले गर्दा पार्टी धेरै टिक्न नसकेको जिकिर गर्नुभयो । रोल्पा, रुकुमले गरेको संघर्ष, त्याग, बलिदानले गर्दा आज रोल्पा रुकुम माओवादी केन्द्रको आधार ईलाका बन्न पुगेको बताउनुभयो । आफूहरूले उठाएको एजेन्डा पुरा गर्न सबै शक्ति एक ठाउँमा उभिन आवश्यकता रहेको उद्घोष प्रचण्डले गर्नुभयो ।