
हावाहुरी र वर्षाले रुकुम(पूर्व) को विभिन्न ठाउँमा क्षति पु¥याएको छ । घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको छ । शुक्रबार रातिको तिब्र गतिको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा क्षति पु¥याएको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।
कुन ठाउँमा के कति क्षति भयो भन्नेबारे भने यकीन भइनसकेको डाँगीले बताउनुभयो । विभिन्न ठाउँबाट घर, विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा हावाहुरीले क्षति पु¥याएको विवरण जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीले क्षतिको मुचुल्का लिने काम भइरहेको डीएसपी डाँगीको भनाइ रहेको छ । हाल सम्म जानकारी आए अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ गोल्खाडाका तेजबहादुर पुनको घर तीन तल्ले जस्तापातको छानो उडाएको छ । घरको छानो हावाहुरीले उडाएपछि अनुमानित २ लाख रुपैयाँ बराबरको क्षति भएको पुनले बताउनुभयो ।
यसैगरी पुथाउत्तरगंगा–५ स्थित स्वास्थ्य चौकी हुकामको छानो उडाएको छ । स्वास्थ्य चौकी हुकामका इञ्चार्ज प्रेमप्रकाश केसीका अनुसार स्वास्थ्य चौकी भवनको जस्तापाता छानो उडाएको छ । छानोमा क्षति पु¥याउनका साथै पानी तातोचिसो गराउने उपकरण पनि फुटेको केसीले बताउनुभयो । यस्तै पुथाउत्तरगंगा–१० मा रहेको इलाका प्रहरी चौकी कार्यालय तकसेराको छानो पनि हावाहुरीले छानो उडाएको छ ।
सोही वडामा रहेको महेन्द्र माध्यामिक विद्यालय, पुथाउत्तरगंगा वडा नम्बर ११ स्थित पालिकाको कृषि भवनको छानो हावाहुरीले उडाइ दिएको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । यसैगरी भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ स्थित रहेको विग्रेड इङलिस मिडियम स्कुल, सोही वडाकै सन्नी आधारभूत विद्यालय गलामछिने खालको भवन, चुनबाङकै लाखरखोलाका कलसरा परियारको १ तले २ कोठा भएको घरको छानो हावाहुरीले उडाइ दिएको डीएसपी डाँगीले बताउनुभयो ।
यसैगरी पुथाउत्तरगांगा ८ का अलबहादुर हमालको घर, पुथाउत्तरगंगा ८ कै गणेशबहादुर शाहको घर, पुथाउत्तरगंगा ७ का बलबहादुर घर्तीको घर सहित अन्य १३ वटा घर यसैगरी सिस्ने गाउँपालिका ४ दादिङका हस्तबहादुर घर्तीको घर, सोही वडाको काँडाका नलबहादुर खड्काको घरको छानो पनि हावाहुरीले उडाइ दिएको प्रहरीले जनाएको छ । अन्य ठाउमा पनि जस्तापाताको छानो भएका घर तथा भवनको छानो हावाहुरीले उडाइ दिएको छ । घर भवनका साथै अन्नपातमा हावाहुरीले क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।