राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन रुकुम(पूर्व) को अध्यक्षमा कलिभान विष्ट निर्वाचित हुनुभएको छ । रुकुमकोटमा आज भएको दोस्रो जिल्ला अधिवेशनबाट विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा झक्कु पुन, पुष्पा ओली, सचिवमा सुमन विश्वकर्मा, सहसचिवमा चन्द्रदेव खड्का र कोषध्यक्षमा कल्पना घर्ती खड्का निर्वाचित हुनुभएको छ । सदस्यहरुमा समुन्द्र सुनार, लिलासार बुढा, चन्द्रसेखर परियार, झकविर विष्ट, रविना खड्का, हेमन्त बुढाथोकी, मिना गिरी, महेन्द्र पुन र ओमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।

अधिवेशन समितिका संयोजक भूप बहादुर खड्काको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख, माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ र प्रदेश समिति सदस्य कृष्ण रेग्मिको विशेष आतीथ्यता रहेको थियो । यसैगरी पार्टी भूमे गाउँपालिका समिति उपाध्यक्ष सविना बुढा, राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सदस्य करण खड्का, जनस्वास्थ्य कर्मचारी महासंघका केन्द्रिय सदस्य समिर गिरी, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय सचिव इश्वर रावल, केन्द्रिय सदस्य चित्र बहादुर विष्ट, नेपाल निजामती कर्मचारी यूनियन संघ रुकुम(पूर्व) का अध्यक्ष दशरथ ओली, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी लगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन दिनेश ओलीले गर्नुभएको थियो ।