रूकुम(पूर्व) को सिस्ने गाउँपालिकामा ३७ वटा झोलुङ्गे पुल निर्माणको माग गरिएको छ । सिस्ने गाउँकार्यपालिकाको बैठकले ८ वटै वडाको विभिन्न ठाउँमा गरि जम्मा ३७ वटा झोलुङ्गे पुल निर्माणको लागि नेपाल सरकार शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा माग गरि पठाउने निर्णय गरेको छ ।
विभागकै पत्रानुसार गाउँपालिकाले झोलुङ्गे पुल निर्माणको लागि ३७ वटा ठाउँ छनोट गरको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो । १ नम्बर वडाको सिस्नेगार खोला, च्यार्गारखोला, धौलागार खोला, पाखाओराली खोला, चुलेनी खोला, मिमेरि खोला, दल्लुगैरा सल्लिविसौनी र खरगार खोलामा झोलुङ्गे पुल निर्माणको लागि माग गरि पठाउने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिनुभयो ।
उहाँकाअनुसार २ नम्बर वडाको कपगारखोला किंदा आरीबाङ झोलुङ्गे पुल, लैपा-ठानाखोला, धारेढुंगा-पाकपोगे झोलुङ्गे पुल, नेटा-औलाडाँडा झोलुङ्गे पुल, कोटिसिम्ले-गुङ, साजडाँडा-दाम्रे, तिप्तारा-सिउरेनी, तुबाङ-लोहमाखोला, तिप्तारा-धुमेमुल, खरिबोट कुचिबाङ, मुसिको-खारखोलामा झोलुङ्गे पुल निर्माणको माग गरि पठाउने निर्णय भएको छ । यस्तै बागार-तुबाङ झोलुङ्गे पुल,नेटा-छुरबाङ चुमैचा-डिलेडाडा, देउखोला- कपगार र तुवाङ-लैपा झोलुङ्गे पुल, ४ नम्बर वडामा बाघचौतारी आरुपाखा झोलुङ्गे पुल र जरुवापानी तामेभिर झोलुङ्गे पुल निर्माणको माग गरि पठाउने निर्णय भएको छ ।
यस्तै २ र ४ नम्बर वडालाइर् जोड्ने गरी टिम्मुरेनी हर्लिगौडा झोलुङ्गे पुल र ओडारबोट खन्नेबटडाँडा झोलुङ्गे पुल निर्माणको माग गरि पठाउने निर्णय हुँदा ५ नम्बर वडाको रानीकोट-काप्रिवास, काल्चेखानी-दर्प झोलुङ्गे पुल (सिस्ने ५ र भूमे ५ वडा जोड्ने), रुवाबाङ-पुवाबाङ झोलुङ्गे पुल (सिस्ने ५ र भूमे ५ वडा जोड्ने), घट्टेखोला झोलुङ्गे पुल, चोरखोला झोलुङ्गे पुल, ७ नम्बर वडामा चिसापानी-पुमा, नौधारी-चुनराबस्ने र ८ नम्बर वडामा झाक्रिखोला झोलुङ्गे पुल निर्माणको लागि विभागमा माग गरि पठाउने निर्णय कार्यपालिकाको बैठकले गरेको प्रमुख प्रशासकिय अधिकृत शाहले बताउनुभएको छ ।
सिस्नेको १ र २ नम्बर वडामा सडक संजालको सुविधा नहुँदा पुलको विकल्प छैन् । यहाँको विभिन्न ठाउँमा काठे पुल छन । काठे पुललाइ विस्थापित गर्ने र नागरिकको यात्रालाइ सुरिक्षत गर्ने उदेश्यका साथ पालिकाको याती धेरै ठाउँमा पुल निर्माणाको लागि माग गरि पठाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।