राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको अध्यक्षमा जमुना गौतम चयन हुनुभएको छ । आज रुकुमकोटमा भएको परिषदको तेस्रो जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा २ जना पछि थप्ने गरी ९ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गौतय यस अघि राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको उपाध्यक्ष हुनुहुन्थ्यो ।

जसको उपाध्यक्षमा डिकेन्द्र कुमार शाह‚ सचिवमा उर्मिला गौतम‚ सह-सचिवमा अम्मर खत्री र कोषाध्यक्षमा भावना खड्का चयन हुनुभएको छ । यस्तै निमा पुन र ध्रुक कुमार बुढा सदस्यमा चयन हुनुभएको छ । दुइ जना सदस्य भने पहिलो बैठकले मनोनयन गर्ने भएको छ ।

अधिवेशनबाटै निवर्तमान अध्यक्ष कमानसीह विष्टको संयोजकत्वमा ६ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा शिव कुमार शाही‚ कैलाश कुमार मल्ल‚ भूवनेश्वर उपाध्याय‚ वासुदेव गौतम र प्रभात गुरुङ रहनुभएको छ ।