किस्मत शेर्पाली

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १४ स्थित देउखोलामा काठे पुल निर्माण गरिएको छ । उत्तरगंगा नदिमा काठेपुल निर्माण भएपछी जोखिम मोलेर यात्रा गर्ने यात्रुहरुलाई आवतजावत गर्न सहज भएको छ ।

यसअघि पुथाउत्तरगंगा गाउँपालिका १४ हुँदै सिस्ने गाउँपालिका २ तिप्तरासम्म यात्रा गर्न डोरीबाट झुण्डिएर यात्रा गर्नु पर्थ्यो। तर काठे पुल निर्माण भए सँगै यात्रा गर्न यात्रुलाई निकै सहज भएको सिस्ने गाउँपालिका वडा नं २ का स्थानीय युवा सुरेश रामजालीले बताउँनुभयो ।

डोरीबाट झुण्डिएर आवतजावत गर्दा यात्रुलाई करिब १ घण्टा आसपासकाे समय लाग्थ्यो तर काठे पुलबाट आवतजावत गर्न आधा घण्टाको समय लाग्ने र कम जोखिम भएको स्थानीय युवा रामाजालीले बताउनुभएको छ । अब सोही काठे पुल भएको ठाउँमा झोलुङ्गे पुल भए आवतजावत गर्न सहज हुने स्थानीयहरुको भनाई रहेको रामजालीले बताउनुभयो ।

गत बर्खाको समयमा भालुखाप्चे स्थित बाटोमा पहिरो गएर हिँड्नको लागि डोरीको सहायता लिनुपर्ने भएको थियो । महिला, बालबालिका, लगायत वृद्धहरुलाई हिँड्न कठिन हुँदा स्थानीय समाजसेवी नरहरि खड्काको आर्थिक सहयोगमा अस्थायी बाटो निर्माण गरिएको सिस्ने गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले वताउनुभयो ।

अहिले यात्रा गर्न निकै सहज भएको छ । अब आउने बर्खाको सिजनमा सडक सञ्जालको पहुँचमा जोड्न माथिल्लो स्तरसम्म पहल भैरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

देउखोला स्थित भालुखाप्चे भिरमा बाटो भत्किएपछि अस्थायी बाटोको लागि यात्रुलाई यात्रा गर्न सहज हुन्छ भनेर सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा काठे पुल निर्माण गरिएको थियो । बजेट भने भनिएको थिएन गाउँपालिकाले प्राविधिक स्टामेट अनुसार बजेट निकासा गरिने सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउँनुभयो । काम भने भन्दा अलि बढी नै भएको स्थानीयले बताएपछि प्राविधिक मुल्याङकन अनुसार बजेट विनियोजन गरिने उपाध्यक्ष रेउलेले बताउनुभयो ।