रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा एक आपसमा मोटरसाइकल ठोक्किदा चालक गम्भिर घाइते भएका छन् । रुकुमकोटबाट धौलापहिरा तर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा रुकुम पश्चिम पश्चिम त्रिवेणी गाउँपालिका ८ का वर्ष २७ हेमराज वली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक(डीएसपी) उमाशकर प्रसाद यादँवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाइते वलीको अवस्था गम्भिर छ । बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक भुमे गाउँपालिका  ५ धौलापहिरा बस्ने बर्ष २५ को कृष्ण खत्रीको शरिरमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

दुवै जना घाइतेको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । यो घटना जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वदेखी ४ किलोमिटर पूर्वको सडमा भएको हो ।