मोटरसाइकल दुर्घटनामा घाइते भएका हेमराज वलीलाई लेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा एक आपसमा मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका वलीलाई हेलिकप्टर मार्फत पोखरा मनिपाल अस्पताल लगिएको छ । वलीलाई रुकुम पूर्व अस्पतालमा उपचारपछि थप उपचारको लागि सरोकारवालाहरुको पहलमा डाइनास्टिक एयरबाट पोखरा मनिपाल अस्पतालमा लगिएको हो ।

रुकुमकोटबाट धौलापहिरा तर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का वर्ष २७ हेमराज वली घाइते हुनुभएको थियो ।