रुकुम (पूर्व) मा हिमपातबाट अती प्रभावित जेष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले हिमपातबाट अती प्रभावित ७० वर्ष माथीका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरणको कार्य सुरु गरेको छ । विपद व्यवस्थापन समितिले पुथाउत्तरगंगा गाउँपालिकाका २९ जना ७० वर्ष माथीका नागरिकलाई कम्बल वितरण गरेको विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

प्ुथाउत्तरगंगा गाउँपालिकाभरीमा जम्मा ३ सय ५० थान कम्बल वितरण गरिने छ । सोहिअनुसार गाउँपालिकालाई ३ सय ५० थान कम्बल उपलब्ध गराइसकेको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उहाँकाअनुसार सम्बन्धित वडाका वडाध्यक्ष, त्यहाँका राजनीतीक दल र अन्य सरकोकारवालाहरुको रोहबरमा हिमपातबाट अती प्रभावित जेष्ठ निागरिकलाई कम्बल वितरण गर्न भनिएको छ । यस्तै भूमे गाउँपालिकामा १ सय ४० थान र सिस्ने गाउँपालिकामा पनि १ सय ४० थान कम्बल वितरण गरिने छ । सिस्ने र भूमेमा गाउँपालिकालाई कम्बल हस्तान्त्रण गरिसकिएको छ ।

अब गाउँपालिकाले सम्बन्धित वडालाई कम्लब वितरण गर्ने र ती वडाले सम्बन्धित निकायको रोहबरमा जेष्ठ नागरिकलाई कम्बल वितरण गर्ने विपद व्यवस्थापन समितिले जनाएको छ । यस अघि जिल्ला विपद व्यवस्थापन समितिले हिमपात प्रतिकार्य योजना तयार पारेको थियो । प्रतिकार्य योजनामा अती जोखिम, मध्यम जोखिम र कम जोखिम क्षेत्र भनेर वर्गिकरण गरिएको थियो । अती जोखिम क्षेत्रमा जेष्ठ नागरिकलाई लक्षित गरी पाँच लाख बजेटमा कम्बल ल्याई वितरणको कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभएको छ ।