रुकुम(पूर्व) मा जिल्ला सहकारी संघको नयाँ कार्यसमिति चयन गरिएको छ । रुकुमकोटमा बिहिबार बसेको बैठकले तदर्थ समितिलाई खारेज गर्दै बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा शुशिला दाहाल शर्मा, सचिवमा प्रदिप घर्ती मगर र कोषाध्यक्षमा शिखर विश्वकर्मालाई चयन गरिएको छ । एक जना सदस्य भने पछि थपिने भएको छ । जिल्ला सहकारी संघले आधिकारिक मान्यता पाएपछि सहकारीको पहिलो बैठकले नयाँ कार्य समिति चयन गरेको छ ।
यसैबिच नयाँ कार्य समितिको पहिलो बैठक पनि बसेको छ । पहिलो बैठकले लेखा समिति गठन गरेको छ । राजकुमार रिजालको संयोजकत्वमा पछि एक जना थप गर्ने गरी ३ सदस्यीय लेखा समिति गठन गरिएको हो ।