रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका १२ मा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर छ भने एक जनाको अवस्था सामान्य भएको प्रहरीले बताएको छ । घाइतेहरुको परिचय भने खुलेको छैन् । घाइतेहरुलाई उपचारको लागि यम्बुलेन्समार्फत रुकुम(पूर्व) अस्पताल ल्याइदै छ ।

राङ्सीबाट रुकुमकोटतर्फ आउदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर गर्खानी भन्ने ठाउँमा सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । चालक भने फरार रहेको जिल्ला प्रहरी कायर्यालय रुकुम(पूर्व का प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।