रुकुम(पूर्व) को सिस्ने गाउँपालिका २ नायगाडमा माओबादि केन्द्रले चु्नावी आम सभा सम्पन्न गरेको छ । माओवादि केन्द्र २ नम्बर वडाको केन्द्र नायगाडमा मंगलबार चुनावनी आम सभा सम्पन्न भएको हो । बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई आफनो पक्षमा पार्न माओबादि केन्द्र सिस्ने गाउँपालिकाले चुनावी अभियानलाई तिव्रताका साथ सवै वडमा सञ्चालन गरिरहेको छ ।

सोहि क्रममा स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति २ नम्बर वडाको आयोजनामा माओबादि केन्द्रले नायगाडमा चुनावी आमसभा सम्पन्न गरेको माओबादि केन्द २ नम्बर वडाले जनाएको छ । वडाका सवै बस्तिमा नमुना मतपत्रमा मतदान गर्ने तरिका र चुनाव चिन्ह सिकाउने काम सञ्चालन गरिरहेको गाउँ समिति सदस्य बसन्ति घर्तिले जानकारी दिनुभयो । घर्तिका अनुसार वडामा अन्य पार्टीले माओबादि केन्द्रप्रति जनतासामु छरेका भ्रम चिर्ने र मतदातालाई चुनाव चिन्ह, र माओबादि केन्द्रका उम्मेद्धारलाई भोट हाल्ने तरिका बारेमा पनि प्रशिक्षण दिने क्रम चलिरहेको छ । साथै चुनाव प्रचारप्रसार टोलीले माओबादि केन्द्र सत्तामा हुदाँ अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराउने काम पनि गरिरहेको उहाँको भनाई छ ।

चुनावी सभामा २ नम्बर वडाका सायौ जनताको सहभागिता रहेको थियो । अभियानकै क्रममा नेपाली काङग्रेस २ नम्बर वडाका क्रियाशिल सदस्य प्रकाश रोका माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । रोकालाइ गनेशमान पुनले दोसल्ला ओढाएर पार्टी प्रवेश गराउनुभएको हो । पार्टी गाउँपालिका समिति अध्यक्ष मन्सराम खड्का भिक्टरकोे अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि गनेशमान पुनको प्रमुख र प्रतिनिधि सभा सदस्य कमला रोकाको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा केन्द्रिय सदस्य सुबोधराज सिर्पाली, सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मी, उपाध्यक्षका उम्मेद्धार आस्था वि.क, २ नम्बर वडा सरकारका अध्यक्ष जिवन के.सी, वाइसियलका जिल्ला संयोजक तिलक रेउले भास्कर, वडा अध्यक्षका उम्मेद्धार कृष्ण खड्का लगायत माओबादि केन्द्र निकट नेता कार्यकता र दुई नम्बर वडाका नागरिकको उपस्थिति रहेको थियो ।

पार्टी गाँउपालिका समिति सदस्य हर्कविर कामीको स्वागत मन्तव्य रहेको चुनावी आम सभा कार्यक्रमको सञ्चालन सिस्ने गाउँपालिकाका पार्टी सचिव कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।