रुकुम(पूर्व) मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारीको सम्मेलन आयोजक समिति निर्माण गरिएको छ । चन्द्र रसाइलीको संयोजकत्वमा पछि ४ जना थप्ने गरी ३५ सदस्यिय सम्मेलन आयोजक समिति गठन गरिएको हो । आज रुकुमकोटमा बसेको अनेरास्ववियू क्रान्तिकारीको पाँचौ विस्तारित बैठकले रसाइलीको संयोजकत्वमा सम्मेलन आयोजक समिति निर्माण गरेको हो ।

जसको सदस्यहरुमा शोहेल श्रेष्ष्ठ, अमर खत्री, विमल विक, सुनिल बुढा, पुजा खड्का, सुधा कार्की, प्रदिप विक, निर्जना तापा, अनिता शाही, प्रिया विससी, शुशिल विक, रवि विक, एलिसा मल्ल रहनुभएको छ । यसैगरी टिका केसी, सुनिता घर्ती, कौशल पुन, देविका खड्का, मुस्कान क्षत्री, नविन विक, दलजित कुवर, शम्भु केसी, रुपक कामी, निस्मत शेर्पाली, इन्द्रमान शेर्पाली, सुनिता विक, रुपधन पुन, दिलशान्ति बुढा, सृष्टि बुढा, राधा खड्का सम्मेलन आयोजक समितिमा चयन हुनुभएको छ ।

यसअघि अनेरास्ववियू क्रान्तिकारी रुकुम(पूर्व) को जिल्ला अध्यक्षको जिम्मेवारी केन्द्रिय सदस्य रेवन खड्काले सम्हाल्नुभएको थियो । उहाँको दुई वर्षे कार्यकाल पनि सकिएको र अब मंसिरको महिनामा हुने सम्मेलन तयारीको लागी सम्मेलन आयोजक समिति निर्माण गरिएको हो ।

रेवन खड्काको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका किेन्द्रिय सदस्य एवम् वाइसियलका केन्द्रिय अध्यक्ष सुबोधराज शेर्पालीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, पार्टी लुम्बिनी प्रदेश उपाध्यक्ष बिर बहादुर खत्री, पार्टी जिल्ला संयोजक कुमारी बराल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज सूर्य घर्ती, पार्टी सिस्ने गाउँ कमिटि उपाध्यक्ष गोबरधन बुढा, जिल्ला समन्वय समितिका सदस्य एवम् विद्यार्थीका फ्याक्सन इन्चार्ज जिवन केसी लगाएतको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य वेदना बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।