रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको पुथा हिमालय मावि मैकोट र आवि अर्जलमा ४ दिने “लैङ्गिक समता तथा सामाजिक अभियान र महिनावारी स्वच्छता” तालिम सम्पन्न भएको छ । गत हप्ता कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र अष्ट्रेलियास्थित आइएम अ ओमन संस्थाको संयुक्त आयोजना र पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।

फेस-1 अन्तर्गत रहेका २ वटा केन्द्रमध्ये पुथा हिमालय मैकोटमा पुथा मावि मैकोट, देउराली मावि हुकाम, आवि रन्मा, आवि हार्दिबाङ्ग, स्वास्थ्य कार्यालय मैकोट र ईप्रका मैकोटका शिक्षक, प्रहरी तथा स्वास्थ्यकर्मीले प्रशिक्षण लिएका थिए । अर्जल केन्द्रमा आवि अर्जल, आदर्श मावि खाराबाङ्ग, आदर्श आवि डिम्बुरगैरा, जनजागृति आवि मयाङ, आवि घुन्मा, आवि पुनम चौतारा, आवि काँडा, ४ नं वडा प्रतिनिधि र बालक्लबका शिक्षक, जनप्रतिनिधि र विद्यार्थीले तालिम लिएका थिए ।

तालिममा प्रमुख अतिथी एवं १ नम्विबर वडाध्यक्ष विरमान कामीले कर्मफ्लाइट्सले पुथा माविमा थुप्रै काम गरेको र यो कार्यक्रमले पनि विशेष प्रभाव पार्ने बताउनुभएको छ । प्रअ जनक बडुवालले यो कार्यक्रम निकै उपयुक्त र फलदायी हुनुका साथ आफुले सिकेका कुरा विद्यालय तथा समाजमा लागू गर्नतर्फ ध्यान केन्द्रित गरे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

आवि अर्जलमा प्रशिक्षार्थी मध्ये आदर्श आवि डिम्बुरगैराका प्रअ पवन खड्काले यस्ता थुप्रै तालिम पहिला पनि लिएको तर यो तालिम बेग्लै र व्यवहारमुखी रहेकोमा आफू लगायत सम्पूर्ण प्रशिक्षार्थी खुसी भएको बताउनुभएको छ । कार्यक्रममा प्रशिक्षक सौगात अधिकारी, सृजना शर्मा र निथोई विक रहेको कुरा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल रुकुम (पूर्वी भाग) का कार्यक्रम संयोजक कर्मसही घर्ती मगरले बताउनुभएको छ ।

पुथा हिमालयमा माविमा   १ नं वडाध्यक्ष विरमान कामीको प्रमुख उपस्थिती रहेको तालिमको सञ्कचालन कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले गर्नुभएको थियो ।