रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ तातोपानीमा बाइक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखराका ४५ वर्षका दल प्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक(डिएसपी) उमाशंकर प्रसाद यादवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार धाउनेबाट पोखरातर्फ जादै गरेको रा ३ प ४५३४ नं.को मोटरसाइकल अनियन्त्रित भई तातोपानी स्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडी बसेका अर्का ३६ वर्षका उपेन्द्र खत्री घाइते हुनुभएको छ । उहाँको ढाड, हातको औलामा चोट लागेको र अवस्था अवस्था सामान्य डिएसपी यादवले बताउनुभएको छ ।