सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १८ वटा कानुन निर्माण गरेको छ । गाउँपालिकाले १० कार्यविधि, ४ वटा निर्देशिका, आचारसंहिता १, मानक १ र मापदण्ड २ वटा निर्माण गरी गाउँसभाबाट पारित गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सिस्ने गाउँपालिका एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, आपतकालिन बाल उद्धार कोष व्यवस्थापन कार्यविधि २०८१, कृषि तथा पशुपंक्षी मत्स्य सेवा फर्म तथा समुह दर्ता एवं नविकरण सम्बन्धी कार्यविधि २०८१ निर्माण गरिएको छ । यस्तै सिस्ने गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षक कार्यविधि २०८१, गुनासो संबोधन तथा सुझाव व्यवस्थापन कार्यविधि २०८१, गाउँपालिका स्तरीय कृषक पुरस्कार कार्यक्रम सञ्चालन कार्यविधि २०८१, स्थानीय पूर्वाधार मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०८१, विभिन्न तयारी कक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ र गाउँपालिकाको संक्षिप्त वातावरणिय परिक्षण कार्यविधि २०८२ निर्माण गरिएको छ ।
गाउँपालिकाले कर्मचारी कोष सञ्चालन निर्देशिका २०८१, नागरिक बजेट निर्देशिका २०८१, पूर्वाधार आयोजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ र उपभोक्ता समितिलाई निर्माणपूर्व र निर्माण पश्चात अभिमुखिकरण तालिम सञ्चालन निर्देशिका २०८२ गरी ४ वटा निरदेशिका निर्माण गरी गाउँसभाबाट पारित गरेको छ । यसका साथै सिस्ने गाउँपालिकाको आन्तरिक लेखा परिक्षण आचारसंहिता २०८१, लेखा समितिहरुको लागि कार्य सञ्चालन मानक २०८१, कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड २०८१ र गाउँपालिकाको उन्नत जात बोयर बोका वितरण मापदण्ड २०८१ निर्माण गरी गाउँसाभाबाट पारित गरिएको छ ।
गाउँसभाबाट पारित गरिएका यी सबै कार्यविधि, निर्देशिका, आचारसंहिता, मानक र मापदण्डहरुको आधारमा अहिले विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

