रुकुम पुर्वमा भुमे गाउँपालिकाको ४ वटा वडाको मत गणना सकिएको छ । भुमेको १, २, ३ र ४ नम्बर वडाको २ hajaar ६३५ मत गणना गर्दा नेकपाका संयोजक एवं उम्मेदवार पुष्प कमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिनुभएको छ ।
उहाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार लखन कुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टिका उम्मेदवार सन्दिप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७, नेसनल मंगल अर्गनाइजेसन पार्टिका उम्मेदवारले ४५ मत प्राप्त गर्नुभएको छ ।
जम्मा ८६ मत बदर भएको छ ।

