कर्मसही घर्ती मगर

कर्मफ्लाइट्स फाउन्डेसन नेपालले गण्डकी प्रदेश सरकारका भौतिक विकास तथा यातायात मन्त्री मानवीय गोविन्द बहादुर नेपालीको टोलीसँग अन्तरक्रिया गरेर आफ्ना मागपत्र बुझाएको छ ।

वैसाख ६ गतेका दिन पोखरा मनपा-६ लेकसाइड बङ्गलादीमा अवस्थित कर्मफ्लाइट्स फाउन्डेसन नेपालको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक विकास तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द बहादुर नेपालीले कर्मफ्लाइट्स फाउन्डेसनको विगत कार्यहरू निकै प्रभावकारी रहेको र उक्त कार्यले आफू निकै प्रभावितभएको बताएका थिए । मन्त्री नेपालीले आगामी दिनमा आफुले कर्मफ्लाइट्ससँग समन्वय गरेर जाने पनि अन्तरक्रिया कार्यक्रममा बताएका छन् । मन्त्री नेपालीले भने- ‘तपाईंहरूको काम यसै पनि प्रभावकारी छ । गण्डकी प्रदेश सरकार यसप्रति सकारात्मक रहने विश्वास दिलाउन चाहन्छु । तपाईंहरूसँग समन्वय र साझेदारी गर्नको लागि मैले पहल गर्नेछु ।’

संस्थाका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले लामो वर्षदेखि आफ्नोे संस्थाले देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र समुदायमा विभिन्न किसिमका काम गर्दै आएको बताएका थिए । निर्देशक कुँवरले आगामी दिनमा आफ्नोे संस्था प्रदेश सरकारसँग पनि समन्वय गरी काम इच्छुक रहेको बताएका थिए । संस्थाको तर्फबाट विगत कालमा भएका सामाजिक कार्यका केही क्लिप पनि देखाइएको थियोे ।

संस्थाका सचिव कुलप्रसाद अधिकारीको उद्घोषण तथा संस्थाका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री गोविन्द बहादुर नेपालीलाई भव्य सम्मान गरिएको थियोे । संस्थाका सबै सदस्यहरूको समुपस्थिति रहेको कार्यक्रमको समन्वयकारी भूमिका स्वास्थ प्रमुख कृष्ण पाण्डेले खेलेका थिए ।