रुकुम(पूर्व) मा विपदको लागि राहत कोषमा करिब पौने दुई लाख रकम जम्मा भएको छ । जिल्लाभित्र जुनसुकै खालको विपदमा परेका मानिसहरुको सहयोगको लागि खोलिएको विपदको लागि राहत कोषमा एक वर्षको अवधिमा एक लाख ७० हजार ९१ रुपैयाँ जम्मा भएको छ ।

यो कोष समाजसेवा गर्ने उदेश्यका साथ युवा केवेन्द्र गौतम र राजु रेग्मिको नाममा संयुक्त खाता खोली कोष सञ्चालनमा ल्याइएको छ । यस कोषमा आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठको विशेष अवसरमा हुने पार्टी, भोजको खर्च कटौती गरि सहयोगी मनहरुले आर्थिक सहयोग गरिरहनुभएको छ ।

रेग्मी र गौतमको संयुक्तनाममा नेपाल बैंक लिमिटेड रुकुमकोट शाखा कोष खडा गरी आर्थिक संकलन सुरु गरेको आज ठ्याक्कै १ बर्ष पुरा भयको छ । यो बिचमा आर्थीक सहयोग गर्ने सहृदयी महानुभावहरुमा रेग्मि र गौतमले आभार प्रकट गर्नुभएको छ । यस्तै गौत्मले आज परेको आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ सय ५५ रुपैयाँ यस खातामा जम्मा गर्नुभएको छ ।

२०७८÷०३÷१६ देखि २०७९÷०३÷१५ सम्म यस अभियानमा सहयोग गर्ने मनकारीहरुको लिस्ट यसप्रकार छ ः