
निराजन सिर्पाली/रुकुम(पूर्व)
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ४ मा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । दादीङको जनप्रिय माध्यमिक विद्यालयमा मिर्मिरे लघुवित्ति लिमिटेड रुकुम(पूर्व) शाखाले वित्तीय साक्षरता जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
मिर्मिरे लघुवित्तिय लिमिटेड रुकुम(पूर्व) शाखा कार्यलयको २९ नम्बर केन्द्रकी प्रमुख लक्ष्मी थापाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सिस्ने गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दलराज घर्तीको प्रमुख आतिथ्यता र शिक्षक कर्णशिंङ विकको विशेष आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै शिक्षक विकले यस्ता वित्तीय संस्थाहरुले केहि इलम गर्नेहरुका लागि ऋण दिने व्यवस्था उद्यमशिलता व्यक्तिहरुमाहरुमा स्वागतयोग्य रहेको तर मान्छेहरुले यस्को महत्व नबुझी अनावश्यक ऋण लिनाले अहिले धेरै जस्तो मानिसहरुले मानसिक तनाव खेप्नु परेको बताउनु भएको छ ।
तर मिर्मिरे लघुवित्ति संस्था लिमिटेड रुकुम(पूर्व) शाखा कार्यलयका प्रबन्धक नारदप्रसाद भण्डारीले भने केहि इलम गर्ने सोचमा भयका तर पैसा नपाएर चिन्तित भएकाहरुका लागि यो संस्थाले धेरैजसोको जीवन स्तर उकास्नमा ठुलो टेवा पुगेको दावी गर्नुभएको छ । भण्डारीका अनुसार ऋण लिदाँ सबै कुराहरू बुझेर, के कामका लागि ऋण लिदैछु भन्ने सबै राम्रोसंग सोचिबुझि ऋण लिए उसले प्रगति गर्ने गरेको बताउनुभयो । मिर्मिरे लघुवित्तिय लिमिटेडबाट ऋण लिई व्यवसाय गरेका कतिपय व्यक्तिहरु ठुलाठुला उद्यमी बनेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ऋण लिएपछि कसरी पैसाको उपयोग गर्न सकिन्छ भन्ने कुरा जानकारी मुलक भिडियो मार्फत विद्यार्थी र समुहका महिलाहरुलाई जानकारी दिईएको छ । साथै कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, वित्तीय संस्थामा आबद्ध व्यक्तित्वहरु र मिर्मेरे लघुवित्ती संस्था लिमिटेडका कर्मचारीहरुकोको उपस्थिती रहेको थियो । साथै मिर्मिरे लघुवित्तिले विद्यालयमा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी र कलम पनि वितरण गरेको शिक्षक चित्र वलीले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन मिर्मिरे लघुवित्ति संस्था लिमिटेड रुकुम(पूर्व) शाखाका प्रवन्धक नारदप्रसाद भण्डारीले गर्नुभएको थियो ।