निराजन सिर्पाली /रुकुम(पूर्व)

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) को आर्थिक सहयोगमा सिस्ने ४ मा रहेको जनप्रिय मावि दादिङको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रधानाध्यापक मेघलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सबै शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रममा शुक्रबारे कार्यक्रमको अबसर पारेर रेडक्रसको आर्थिक सहयोग र निर्देशनअनुसार कोभिट १९ रोकथाम सम्बन्धि कविता वाचन प्रतियोगिता गरिएको हो ।

जसमा मावि, निमावि र प्राविका विद्यार्थीहरुले भाग लिएका थिए । प्राविमा खिमकुमारि पुन प्रथम, कोपिला थापा र एसिला बुढा दोस्रो, सिला पुन तेस्रो र एलिसा मल्ल शान्तवना हुनुभएको छ । त्यसैगरी निमाविमा दिलिमा घर्ती प्रथम, येशु पुन दोस्रो, अरुण बुढा तेस्रो र सिम्रण घर्ती र पवित्रा थापा शान्त्वना हुनुभएको छ । यसैगरी प्राविमा सृष्टि पुन प्रथम, स्मृति पुन दोस्रो, रिया घर्ती तेस्रो र देवकी पुन शान्त्वना हुनुभएको छ ।

कविता वाचन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने सबैलाई कापि र कलम वितरण गरेको प्रधानाध्यापक मघलाल घर्र्तीले जानकारी दिनुभएकोे छ ।