
रुकुम (पूर्व) को भूमे गाउँपालिकाले चार वटा विधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र खाबाङ बगरमा बसेको गाउँसभाले चार वटा विधेयक पारित गरेको हो ।
गाउँसभाले कृषि तथा पशुपन्छी सम्बन्धी बनेको विधेयक २०७८, भूमी विधेयक २०७८, वन व्यवस्थापनका लागि बनेको विधेयक २०७८ र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि बनेको विधेयक २०७८ पारित गरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो ।
यसैगरी यसअघि छनोट गरिएको योजनामा खर्च हुन नसकेको बजेटलाई स्रोत रकमान्तर पनि गरिएको छ ।