
रुकुम (पूर्व) मा सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोपको पहुँचमा पुर्याउन खोज र खोप अभियानमार्फत समुदायमा जाने योजना बनाइएको छ । जिल्लामा कोभिड विरुद्धको खोप लगाउने लक्षित जनसंख्या धेरै छुटेकाले उनिहरुको लागि खोज र खोप अभियान चलिरहेको छ । त्यसै अभियानलाई सफल बनाउनको लागि कोभिड १९ व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायमा जाने योजना बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले खोज र खोप अभियानलाई सफल बनाउन समुदायस्तरमा जाने निर्णय गरेको हो । अन्य जिल्लाको तुलनामा रुकुम (पूर्व) मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिसहरु बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निस्कर्ष छलफलबाट निकालीएको छ । जिल्लामा खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको छ ।
भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम चलेपनि पुथाउत्तरगंगा गाउँपालिकामा मानिस नआउदा खोप अभियान सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । खोज र खोप अभियानमार्फ सबै लक्षित नागरिकलाई कोभिड १९ बिरुद्धको खोपको पहुँचमा पुर्याउने कोभिड १९ व्यवस्थापन समितिले बताएको छ ।