चन्द्र रसाइली
रुकुम (पूर्व) को भूमे गाउँपालिकाले डिजिटल स्मार्ट डेस्क सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जिल्लामै पहिलो पटक भूमेले डिजिटल स्मार्ट हेल्प डेस्क सेवा सञ्चालनमा ल्याएउको हो । बुधबार गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले डिजिटल स्मार्ट हेल्प डेस्कको उद्धघाटन गर्नुभएको हो ।
डिजिटल स्मार्ट हेल्प डेस्कबाट सेवाग्राहीले गाउँपालिकाको सेवा प्रवाह र प्रक्रियाको बारेमा पढेर जानकारी लिन सक्ने छन् । यस्तै उनिहरुले सुनेर पनि यी कुराहरु थाहा पाउन सक्ने छन् । उक्त डिजिटल स्मार्ट हेल्प डेस्कमा स्क्रीन टच गरेर सेवाग्राहीले आफूलाई आवश्यक परेको कामको प्रक्रियाबारे सजिलै जानकारी पाउन सक्ने गाउँपालिका अध्यक्ष बुढाले बताउनुभएको छ ।
डिजिटल स्मार्ट हेल्प डेस्क मार्फत गाउँपालिकाको ऐन, कानून र कुन शाखाबाट कस्ता सेवा पाइने भन्ने बारेमा सेवाग्राहीले सजिलै जानकारी पाउन सक्ने छन् । हेल्प डेस्कबाटै सेवाग्राहीले इमेल गर्न पनि पाउने छन् । ३ लाख ३० हजार रुपैयाँ लगानीमा डिजिटल स्मार्ट हेल्प डेस्क सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।