रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ ले जनयुद्ध दिवसको अवसर पारी महिला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । वडाले २७ औ जनयुद्ध दिवसको अवसर पारेर युवा खेलकुद विकास कार्यक्रम समितिमार्फत प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच सिस्ने गाउँपालिका अध्यक्ष र नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटीका इन्चार्ज कृष्ण रेग्मिले उद्धघाटन गर्नुभएको हो । प्रतियोगितामा २७ समुहले नाम दर्ता गराएका छन् । महिलातर्फ ७ समुह र पुरुष भलिबलतर्फ २० समुहले नाम दर्ता गराएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष एवम् खेल संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज खेलकुद प्रतियोगिताको उद्धघाटन गरिएपनि खेल सञ्चालन भने भोलीबाट हुने संयोजक कार्कीले बताउनुभयो । उहाँकाअनुसार महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो स्थान हासिल गर्नेलाई १५ हजार, तेस्रो स्थान हासिल गर्नेलाई १० हजार र सान्तवना स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस्तै पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५१ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३१ हजार, तेस्रो स्थान हासिल गर्नेलाई २१ हजार र सान्तवना स्थान हासिल गर्नेलाई ११ हजार पुरस्कार प्रदान गरिने खेल संयोजक कार्कीले बताउनुभएको छ ।