चन्द्र रसाइली
रुकुम (पूर्व) को भूमे गाउँपालिकामा एकीकृत विद्यालय अनुगमण तथा सुपरिवेक्षणको लागि समुह विभाजन गरिएको छ । विद्यालयमा भइरहेका गतिविधीलाई केलाउन तथा शैक्षिक गुणस्तरलाई बढाउन सहयोग पुगोस भन्ने हेतुले गाउँपालिकाले विद्यालय अनुगमण तथा सुपरिवेक्षणको लागी समुह विभाजन गरेको हो । गाउँ शिक्षा समितिको बैठकबाट एकीकृत विद्यालय अनुगमण तथा सुपरिवेक्षणको लागी ३ वटा समुह बनाइएको छ ।
गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको संयोजकत्वमा ४ सदस्यीय अनुगमण तथा सुपरिवेक्षण समिति निर्माण गरिएको छ । जसमा शिक्षा अधिकृत कौशलकुमार तिवारी, सहिद शुक्र माविका शिक्षक अनिल आचार्य र गाउँ सामाजिक विकास समितिका अध्यक्ष टेकप्रसाद बुढा रहनुभएको छ । उहाँहरुले भूमे गाउँपालिका स्थित वडा नं. १, ६ र ९ का विद्यालय अनुगमण गर्नुहुने छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) र प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिहं श्रेष्ठको संयोजकत्वमा ४÷४ सदस्यीय समिति बनाइएको छ । उपाध्यक्ष विष्ट संयोजक रहेको समितिमा शिक्षा अधिकृत तिवारीसहित शिक्षा विकास तथा समन्वय इकाई रुकुम (पूर्व) का प्रमुख तिलक गौतम र मावि सिमाका प्रधानाध्यापक झुलप्रसाद गुरुङ रहुनभएको छ । यो समुहले ५, ७ र ८ नम्बर वडाका विद्यालयमा अनुगमण तथा सुपरिवेक्षण गर्ने छ ।
प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ संयोजक रहेको समुहमा शिक्षा अधिकृत तिवारीसहित गाउँपालिकाका लेखा अधिकृत गनेश ओली र नेपाल राष्ट्रिय मावि चुनबाङका शिक्षक एकराज डाँगी रहनुभएको छ । यो समुहले २, ३ र ४ नम्बर वडाका विद्यालयमा अनुगमण तथा सुपरिवेक्षण गर्ने छ ।
यसैअन्तर्गत आज गाउँपालिका अध्यक्ष बुढा संयोजकत्वको समुहले वडा नं. १ मा रहेको भूमी आधारभूत विद्यालय लुकुम र बराहा आधारभूत विद्यालय भूमे १ स्याँलाको अनुगमन गरेको छ । अनुगमणको क्रममा आधारभूत विद्यालय रुजीखोलामा पूर्ण रुपमा विद्यार्थीहरुको उपस्थितिमा कमी, सामाग्री भएर पनि उचित प्रयोग नभएको, सरसफाईमा ध्यान नदिएको पाइएको छ । गाउँपालिका अध्यक्ष बुढाले यी कुराहरुमा ध्यान दिन विद्यालयलाई निर्देशन दिनुभएको छ ।
आधारभूत विद्यालय स्याँलामा विद्यार्थीको उपस्थिती राम्रो रहेको पाइएको छ । तर ष्अत ल्याबको उचित प्रयोग नभएको भन्दै त्यसको प्रयोगमा जोड दिन अध्यक्ष बुढाले निर्देशन गर्नुभएको छ । अनुगमनको क्रममा विद्यालयले आफ्नो माग पनि स्थानीय सरकार समक्ष राखेका छन् । आधारभूत विद्यालय रुजीखोलाले खानेपानीलाई थप व्यवस्थित गर्नुपर्ने र भौतिक पूर्वाधारमा देखिएको कमजोरीलाई समाधान गरिदिन आग्रह गरेको छ । आधारभूत विद्यालयल स्याँलाले गणित शिक्षकको व्यवस्था र घेराबार लगायतको माग राखेको छ । त्यसैगरी भूमे २ को त्रिवेणी मावि काक्रीले खेलमैदानको उचित व्यवस्था गरिदिन माग गरेको छ ।