रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको स्वास्थ्यचौकी भवनको उद्धघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले स्वास्थ्यचौकी भवनको उद्धघाटन गर्नुभएको हो । यसअघि सोही ठाउँकै सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्यचौकी काँडाले नयाँ भवन पाएको हो ।

नयाँ भवनमा एक साता अघी सरेर पनी त्यहाँबाट सेवा प्रवाह सुरु भइसकेको थियो । भवनको औपचारिक उद्धघाटन भने शनिबार गरिएको हो । विगतमा स्वास्थ्य चौकी काँडाको आफ्नै भवन नहुँदा विविध समस्या खेप्नु परेको थियो । अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता आएको स्वास्थ्यचौकी इन्चार्ज चन्द्रशेखर परियारले बताउनुभयो । काँडा र साकीम गाउँको बीचमा स्वास्थ्य चौकी निर्माण गरिएको छ ।

सघन शहरी विकास आयोजना दाङको २ करोड २ लाख रुपैयाँमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । माहदेव खिन्टी हिमशिखर जेभीले १८ महिनामा भवन निर्माणको काम सम्पन्न गरेको हो ।